काठमाडौँमा दुई जना मृत भेटिए
कोरोना संक्रमण रोक्न स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको दोस्रो दिन आज तीन जनाको लाश फेला परेको छ ।
टोखा नगरपालिका–५ श्रीटोल डेरा गरी बस्ने रामेछापको मन्थली नगरपालिका–१० की २२ वर्षीया लक्ष्मी घिमिरे आज कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै, बौद्धमा पनि एक जना मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार बौद्ध टुसाल बस्ने ५६ वर्षीय छिरिङकुमार लामा सोही ठाउँस्थित एक टहरामा आज मृत अवस्थामा फेला परेका हुन् ।
उता, झापाको बिर्तामोड नगरपालिका–१, सूर्यनगर टोलका ५० वर्षीय रेवत गुरुङ आफ्नै घर नजिकै शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
टिप्पणीहरू