श्रमिकको तलब बढाउने प्रधानमन्त्रीको उद्घोष
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आर्थिक वर्ष २०७८/७९ बाट लागू हुनेगरी न्यूनतम पारिश्रमिक १५ हजार पु¥याउने घोषणा गर्नुभएको हो ।
उहाँले श्रमिकको अहिले कायम दैनिक पारिश्रमिकलाई बढाएर ५ सय ७७ रुपैयाँ बनाइने पनि जानकारी दिनुभयो ।
प्रतिघण्टा पारिश्रमिक ६९ रुपैयाँबाट अब ७७ हुने उल्लेख गर्दै उहाँले श्रमिक क्षेत्रमा औपचारिक की अनौपचारिक भन्ने विभेदलाई कानुनी रूपमा अन्त्य गरिएको समेत दाबी गर्नुभएको छ ।
हाल श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजाार ४ सय ५० छ । दैनिक ज्याला पाँच सय १७ रुपैयाँ तोकिएको छ भने प्रतिघण्टा ६९ रुपैयाँ कायम गरिएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा करिब १२ हजार रोजगारदाता तथा दुई लाख श्रमिकहरू आबद्ध भइसकेको पनि प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।
टिप्पणीहरू