जस्तो डाक्टर,उस्तै सिडिओ
नेपालगञ्जमा आफू कोभिड–१९ पोजिटिभ भए तापनि चिकित्सकहरू ज्यान जोखिममा राखेर संक्रमितहरूको उपचार गरिरहेका छन् ।
उदाहरणको लागि नेपाल मेडिकल कलेजका डा.पुरुषोत्तम बर्मा आफैँ संक्रमित भएपछि बाँया हातमा स्लाइन लगाउँदै कुर्सीमा बसेर दायाँ हातले बिरामीको रेकर्ड पल्टाइरहेको देखिन्छ।
अन्य धेरै जना डाक्टर तथा नर्स एवम् स्वास्थ्यकर्मीहरूले पनि त्यसैगरी बिरामीको उपचार गरिरहनुभएको अवस्थालाई तस्बिरमा कैद गरेर बाँकेबाट केही दिन अगाडि सरुवा भएका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले सामाजिक सन्जालमा पोस्ट गरेका छन् । गत वर्ष नेपालगञ्जमा कोरोना महामारी नियन्त्रण नभएपछि कुरुम्वाङलाई स्याङ्जाबाट त्यता लगिएको थियो ।
तर यतिबेला उनलाई गृहले त्यहाँबाट बर्दियाको इलाका प्रशासनतिर सरुवा गर्नु र कोरोना महामारीले बाँकेलाई हटस्पट बनाउनु फेरि संयोग बनेको छ । स्थानीयहरूले कुरुम्वाङहरुको माग गरिरहेका छन् । तर कुरुम्वाङ अन्यत्र भए तापनि बाँकेको हरेक गतिविधिसँग अपडेट देखिएका छन् ।
उनी सामाजिक सञ्जालमार्फत् त्यहाँका स्थानीय र स्वास्थ्यकर्मीको हौसला बढाउन लागिपरेका छन् । उनले लेखेका छन् ‘सलाम छ, डा.साब !’
टिप्पणीहरू