पत्रकारले बेड नपाउँदा प्रहरीमा बल्लतल्ल

पत्रकारले बेड नपाउँदा प्रहरीमा बल्लतल्ल

कोरोनाबाट राजधानीका सञ्चारकर्मीहरु पनि संक्रमित हुन थालेका छन् । राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई चार दिनअघि संक्रमण पुष्टि भएपछि अस्तिसम्म घरमै बसेका थिए ।

हिजो एक्कासी शरिरमा अक्सिजनको लेभल घटेपछि उनलाई नेपाल प्रहरीको अस्पताल, पानीपोखरीमा भर्ना गरिएको छ ।
शरिरमा असहज महसुस भएपछि पण्डितले सबै अस्पतालमा बेडको खोजी गरे,तर कतै जोगाड हुन सकेन ।

अन्ततः अनेक जोडबल लगाएर विभिन्न माध्यमबाट प्रहरी अस्पतालमा एउटा बेड मिलेको पारिवारिक स्रोतले बताएको छ ।

टिप्पणीहरू