सुदूरपश्चिममा मात्रै १२ को ज्यान गयो

सुदूरपश्चिममा मात्रै १२ को ज्यान गयो

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या लगातार बढिरहेका बेला पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा मात्रै १२ जनाले ज्यान गुमाएका छन् । गत २४ घण्टामा सुदूरपश्चिम प्रदेशका कैलाली,कञ्चनपुर,बझाङ्ग र दार्चुलातिर १२ जनाको मृत्यु भएको हो ।

सरकारी स्रोतले दिएको जानकारीअनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकामा मात्रै पाँच जनाको ज्यान गएको छ । भीमदत्त नगरपालिका वडा नं. ७ का ६२ वर्षीय पुरुष,वडा नं. १९ का ३७ वर्षीय पुरुष,वडा नं. १८ का ६५ वर्षीय पुरुष,वडा नं. ६ का २४ वर्षीय युवती र वडा नं. १३ का ७४ वर्षीय बृद्धको कोरोनाका कारण मृत्यु भएको हो ।

त्यस्तै,पछिल्लो २४ घण्टामा कोरोनाबाट कैलालीमा चार जनाको मृत्यु भएको छ । लम्कीचुहा–१ का ३८ वर्षीय पुरुष, धनगढी–२ का ४३ वर्षीय पुरुष, लम्कीचुहा–१० का ३५ वर्षीय महिला र गोदावरी–१ का ३० वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।

बझाङको जयपृथ्वी नगरपालिका र तलकोट गाउँपालिकाका एक–एक जनालाई पनि कोरोनाले लगेको छ । जयपृथ्वीका ५५ वर्षीय महिला र तलकोट–१ का ४० वर्षीय महिलाको कोरोनाका कारण ज्यान गएको सरकारी स्रोतले जनाएको छ । दार्चुलाको व्यास गाउँपालिका पन्तोलीका ४५ वर्षीय एक पुरुषको पनि कोरोनाको कारण मृत्यु भएको छ ।

टिप्पणीहरू