अस्पतालको मूल्य कोरोनाभन्दा महङ्गो
कोरोना महामारी बढिरहेको बेला उपत्यकाका केही अस्पतालले पशुपति शर्माको ‘लुट्न सके लुट’ बोलको गीतमा जस्तै लुट शैलीमा शु:ल्क बढाएका छन् ।
आइतबार बेलुका ६ बजेदेखि लागू हुनेगरी काठमाडौँ मेडिकल कलेजले एउटा बेडको ३० हजारसम्म शु:ल्क तोकेको छ । नयाँ दर रेटअनुसार एकछाक खान पनि हम्मेहम्मे हुने अवस्थाका ‘सम्झने पानी छम्कने’ अवस्थामा पुर्याएको छ । अस्पतालले कोरोना क्याबिनमा एउटा बेडको दैनिक २० हजार मूल्य तोकिएको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ ।
“एउटा बेडको दैनिक २० हजार मूल्य तोकिएको छ । यस्तै, कोरोना क्याबिनमा डबल बेडको दैनिक १० हजार, डिलक्समा २५ हजार तथा सुपर डिलक्समा उपचार गराउन चाहनेहरुले ३० हजार दैनिक रकम बुझाउनुपर्ने भएको छ । “
यस्तै, कोरोना क्याबिनमा डबल बेडको दैनिक १० हजार, डिलक्समा २५ हजार तथा सुपर डिलक्समा उपचार गराउन चाहनेहरुले ३० हजार शु:ल्क तोकेको छ । अस्पतालमा आइतबार बेलुका ६ बजे अगाडि भर्ना भएर उपचार गराइरहेका संक्रमितहरुले भने पुरानै शु:ल्कमा उपचार गराउन पाउने बताएको छ ।
देशभरका अस्पतालमा बेड अभाव भएको मौका छोपेर अस्पतालले अस्वभाविक रुपमा शु:ल्क कायम गरेको हो । अस्पतालले तोकेको शुल्कलाई सर्वसाधारणले लुटको खेति भनेका छन् ।
टिप्पणीहरू