निषेधाज्ञा एक साता लम्बाइयो (भिडियो सहित )

निषेधाज्ञा एक साता लम्बाइयो (भिडियो सहित )

काठमाण्डौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा भोलिसम्म लगाइएको निषेधाज्ञा बैशाख २९ गतेसम्म लम्ब्याइको छ ।

उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरूको मंगलबार बसेको बैठकले थप एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण दर बढ्दै गएको तथा आन्तरिक हवाई उडान मंगलबार रातिदेखि र वाह्य उडान पनि बिहिबार रातिदेखि बन्द गरिएकाले उपत्यकाभित्र २९ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

अत्यावश्यक सेवाका लागि आवश्यक समन्वय गरि सहयोग गर्न सुरक्षा निकायको साथै स्थानीय प्रशासन जुनसुकै अवस्थामा पनि तयार रहेको उहाँले बताउनुभयो । उहाँले अत्यावश्यक अवस्थामा बाहेक घर बाहिर ननिस्कन र स्वास्थ्य सर्तकता एवम् मापदण्डको पूर्णपालना गर्न सबैमा अपिल गर्नुभएको छ ।

विवाहका लागि सवारी पास आवश्यक नपर्ने तर दूरी कायम गर्नुपर्ने, खाद्यान्न, अत्यावश्यक वस्तु, औषधिलगायतका पसललाई पासको व्यवस्था गरि सञ्चालन व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ ।

पत्रकार तथा संञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासको आधारमा आवातजावतमा सहजीकरण गर्ने, सम्बन्धित सञ्चारगृहरूले न्यूनतम कर्मचारी मात्र खटाउने र सोको विवरण जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउन भनिएको छ ।

मृत्युसंस्कार र बिरामी लिएर जिल्ला बाहिर जानुपर्ने अवस्था लगायतका अत्यावश्यक कार्यका लागि जिल्ला प्रशासनले सहजीकरणको व्यवस्था मिलाएको पनि उहाँले बताउनुभयो ।

टिप्पणीहरू