विवाह गर्ने प्रलोभनमा पारेर जबरजस्ती
विवाह गर्ने प्रलोभन देखाएर १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाराका एक युवक पक्राउ परेका छन् ।
बारागढी गाउँपालिका-२ घर भई निजगढ नगरपालिका-७ बस्ने ३५ वर्षीय हितलाल हजरालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । हितलालले ती किशोरीलाई विवाह गर्छु भनी ललाई फकाई निजगढ नगरपालिका-७ स्थित केराबारीमा शुक्रबार जबरजस्ती करणी गरेको बताइएको छ ।
घटनाबारे जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
टिप्पणीहरू