राष्ट्रपतिमाथि अराजनीतिक चरित्र देखाएको आरोप
नेपाली काँग्रेसका युवा नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको मतियार बनेको आरोप लगाउनुभएको छ ।
सरकारले संसदलाई छली विवादास्पद संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउन गरेको सिफारिस अनुमोदन गरेर राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीको अराजनीतिक चरित्रको मतियार बनेको थापाको आरोप छ । थापाले यसलाई लोकतन्त्रको दुर्भाग्य भन्नुभएको छ । ‘राष्ट्रपतिज्यू,खड्गप्रसाद ओलीको असभ्य राजनीतिक चरित्रको मतियार हुनु हाम्रो लोकतन्त्रको दुर्भाग्य हो । अध्यादेश फिर्ता गरी संसदको आगामी सत्रमा विधेयकका रूपमा पेश गरियोस् ।’ उहाँले संसदलाई छलेर अध्यादेश जारी गर्नु अराजनीतिक र संविधानको मर्म विपरित भएको टिप्पणी गर्नुभएको छ । ‘विश्वासको मत लिने घोषणा गरेका प्रधानमन्त्रीले संसद छलेर अध्यादेश जारी गर्नु अराजनीतिक छ,संविधानको मर्म विपरित छ’, थापाले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
राष्ट्रपति भण्डारीले आज संवैधानिक परिषद् (काम,कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ सहित सात वटा अध्यादेश जारी गर्नुभएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि अध्यादेशको कडा विरोध गर्नुभएको छ
टिप्पणीहरू