थप चार जिल्लामा निषेधाज्ञा,४५ जिल्ला ठप्प
कोरोना महामारीका कारण पूर्णरुपमा निषेधाज्ञा जारी गरिएका जिल्ला ३० पुगेका छन् ।
ती जिल्लामा झापा,कास्की, जाजरकोट,बैतडी,उदयपुर,पाल्पा, रुकुम पश्चिम,बाग्लुङ,सुनसरी,रुपन्देही,सुर्खेत,कपिलवस्तु,पर्सा, दाङ,कैलाली,नुवाकोट,चितवन, गुल्मी,कञ्चनपुर,धनुषा, काठमाडौं,प्युठान,डँडेलधुरा, अर्घाखाँची,भक्तपुर,ललितपुर, बाँके,सल्यान,बझाङ र बर्दिया हुन् ।
त्यस्तै,आंशिकरुपमा ११ जिल्लामा निषेधाज्ञा घोषणा गरिएको छ । आंशिक निषेधाज्ञा लगाइएका जिल्लाहरुमा मोरङ्ग,गोरखा, कालिकोट,रामेछाप,मकवानपुर, दार्चुला,पर्वत,ताप्लेजुङ, काभ्रेपलाञ्चोक,स्याङ्जा र रोल्पा छन् ।
आज ध्यरातदेखि थप ४ जिल्लामा निषेधाज्ञा लगाइएको छ । त्यसरी निषेधाज्ञा लगाइएका जिल्लाहरुमा पूर्वी नवलपरासी,डोटी,दोलखा र डोल्पा हुन् ।
टिप्पणीहरू