सभामुखको नेगेटिभ,४ माननीय र २ कर्मचारी पोजिटिभ
हिजो गरिएको पीसीआर परीक्षणमा सभामुख अग्निप्रसाद सापकोटाको रिपोर्ट नेगेटिभ आएको छ । त्यसैगरी उहाँको सचिवालयमा कार्यरत सबै कर्मचारीको पनि नेगेटिभ आएको छ ।
तर सँसदीय सुनुवाइ समितिका अध्यक्ष लक्ष्मणलाल कर्णसहित चार जना माननीय र संसद सचिवालयका दुई जना कर्मचारी गरी ६ जनाको कोरोना पोजिटिभ आएको छ ।
आजपनि संसद भवनका कर्मचारीहरूको पीसीआर परीक्षण भइरहेको छ । हिजो छुटेका कर्मचारी,मर्यादापालक,स्वकीय सचिवहरूको बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा पीसीआर परिक्षण भएको हो ।
टिप्पणीहरू