उदयपुरमा ठडियो कोभिड अस्पताल
उदयपुर चौदन्डीगढीको बेल्टारमा बनाईएको कोभिड अस्पताललाई प्रभावकारी ढंगले सञ्चालन गर्न प्रदेशदेखि स्थानीय सरकार एकजुट भएका छन् ।
सरोकारवालाको भेलाले कोभिड अस्पताललाई नमूना अस्पताल बनाउन प्रयास थाल्न लागेको हो । हिजो साँझ सम्पन्न भेलाले अस्पतालको निम्ति आवश्यक स्वास्थ्यकर्मी,औषधि तथा उपकरण जुटाउने निर्णय गर्नुका साथै पीसीआर मेसिनको व्यवस्था गर्ने भएको छ ।
जिल्लामा पीसीआर र एन्टीजेन परीक्षणको लागि भिटामिन र आरडिटी कमी हुन नदिन तत्कालै काम शुरु गरिने छ । भेन्टिलेटर र अक्सिजनको पनि व्यवस्था गरिने बताइएको छ ।
भेलामा प्रदेश नम्बर १ का आन्तरिक मामिला मन्त्री हिक्मत कार्की,प्रदेशसभा सदस्य विमल कार्की,हिमाल कार्की,अम्बिका थापा,सुनिता चौधरी,सेनाका पूर्वी पृतनापति,सहायक रथी र नेपाल प्रहरीका डिआइजी ईश्वरबाबु कार्की,सशस्त्र डिआईजी बँशीराज दाहाल र चौदन्डीगढीका नगर प्रमुखलगायतको उपस्थिति थियो ।
त्यसैगरी उदयपुरका प्रमुख जिल्ला अधिकारी,माननीय विमल कार्की, चौदण्डी नगर प्रमुख खगेन्द्र राईको पनि उपस्थिति रहेको थियो । अहिले ४० शैयाको सेवा सुचारू गर्न सकिने भए पनि ६० शैयामा विस्तार गर्ने योजना रहेको मेयर राईले बताए ।
टिप्पणीहरू