सीएनएनले भन्यो ‘सरकारले गर्दा नेपाल कोभिडको भयावह अवस्थामा’

सीएनएनले भन्यो ‘सरकारले गर्दा नेपाल कोभिडको भयावह अवस्थामा’

अमेरिकी समाचार संस्था सीएनएनले नेपालको पछिल्लो कोरोना संक्रमणको अवस्था र भइरहेको उपचार व्यवस्थाको बारेमा प्रशारण गरेको रिपोर्टले नेपाल भारतजस्तै कहालीलाग्दो चरणमा प्रवेश गरेको बताएको छ ।

हिजो प्रशारित समाचारमा भनिएको छ ‘बेलैमा सावधानी नपनाउँदाको परिणाम अहिले देखिँदैछ । सरकार स्वयमले दुई साता अघिसम्म उद्घाटन र औपचारिक कार्यक्रममा देखाएको भीड,सर्वसाधारणको चाड पर्व, बैबाहिक कार्यक्रममा भएको अस्वाभाविक सहभागिता र कोरोनाविरुद्धको भ्याक्सिन लगाउने अस्पतालमा गरिएको असावधानीपूर्वक ठेलमठेलका कारण अहिले मुलुकले ठूलो मूल्य चुकाइरहेको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओली निकै ठूलो तामझामका साथ बन्दै गरेको धरहरा उद्घाटन गर्न सुन्धारा पुगेको दृश्यलाई सीएनएनले चोटिलो व्यंग्य गरेको छ । त्यसको चार दिनपछि संक्रमित दोब्बर भएपछि सरकार निषेधाज्ञा लगाउने मुडमा पुगेको हो ।

भारतमा दुई साताअघि देखिएको संक्रमणको प्रवृत्ति अहिले नेपालमा शुरु भएको बताइएको छ । भारतमा त्यतिबेला प्रत्येक १ लाख जनतामा २० जना पोजिटिभ देखिएका थिए जुन अहिले नेपालमा शुरु भएको छ । नेपालमा परीक्षण गरिएको संख्यामा संक्रमितको दर ४४ प्रतिशत नाघेको छ । औसतमा ४२ प्रतिशत माथि पुगेको छ ।

अत्यन्त थोरै जनतालाई मात्र खोप लगाइएको छ । दोस्रो डोज लगाउनेको संख्या निकै कम छ । हालसम्म पहिलो डोज खोप ७ प्रतिशतलाई मात्र लगाइएको छ । उता भारतसँग निर्वाध आउजाउले उताको संक्रमण दुई सातामै नेपाल भित्रिए पनि सीमा नाकामा कुनै छेकबार र रोकथामको प्रयास समेत गरिएको थिएन ।

बैशाख ११ गते एकाएक संक्रमितको संख्या २४ सय पुगेको समाचार आइरहँदा प्रधानमन्त्री केपी शर्मा ओली निकै ठूलो तामझामका साथ बन्दै गरेको धरहरा उद्घाटन गर्न सुन्धारा पुगेको दृश्यलाई सीएनएनले चोटिलो व्यंग्य गरेको छ । त्यसको चार दिनपछि संक्रमित दोब्बर भएपछि सरकार निषेधाज्ञा लगाउने मुडमा पुगेको हो ।

मुलुकभर संक्रमितहरुले उपचार पाउन नसकेर ज्यान गएको विषयलाई सीएनएनले कमजोर स्वास्थ्य प्रणाली भनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले औषधीमूलो नपाएर कुनै पनि नेपालीले अकालमा ज्यान गुमाउन नपर्ने बताए पनि त्यसको ठीक विपरित मुलुकमा असहज अवस्था उत्पन्न भएकोतर्फ अमेरिकी समाचार संस्थाले इंगित गरेको छ ।

उसले भनेको छ ‘चौतर्फी देखिएको बेड,भेन्टिलेटर तथा अक्सिजन अभावले मुलुकको स्वास्थ्य प्रणालीलाई उजागर गरिदिएको छ ।’

भिडियो र फोटो साभार सीएनएन

टिप्पणीहरू