जनता गुहार्दै सरकारी अस्पताल
कपिलवस्तुको तौलिहवास्थित सरकारी अस्पतालले स्वास्थ्य सामाग्री खरिद गर्न जनस्तरबाट सहयोग मागेको छ ।
आज एक सूचना जारी गर्दै अस्पतालले सरकारबाट साथ नपाएकोमा निरिहता प्रदर्शनसहित जनता गुहारेको हो ।
सूचनामा कोरोना महामारीको दोस्रो लहरका कारण संक्रमणको दर दिनप्रतिदिन बढिरहेको बताउँदै अस्पतालमा पिपिई,अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीको अभाव भएको जनाइएको छ ।
आफ्नो बैङ्क खाता उपलब्ध गराउँदै अस्पतालले उद्योगी, ब्यवसायी,कर्मचारी,शिक्षक,बुध्दिजीवीलगायत आम सर्वसाधारणलाई सहयोग गर्न भनेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. किशोर बन्जाडेद्वारा जारी सूचनामा उल्लेख छ ।
सहयोगका लागि तौलिहवा अस्पताल विकास समितिका नामको खाता नं.३११०१००२०७०००७०१ राष्ट्रिय वाणिज्य बैङ्कको खाता उपलब्ध गराईएको छ ।
टिप्पणीहरू