असाधारण काम गरेको सरकारलाई विश्वास नगर्नुपर्ने कारण छैन : प्रधानमन्त्री ओली

असाधारण काम गरेको सरकारलाई विश्वास नगर्नुपर्ने कारण छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले असाधारण काम गरेकाले विश्वास नगर्नुपर्ने केही कारण नभएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रियता, विकास निर्माण र शान्ति सुरक्षाका क्षेत्रमा सरकारले राम्रा काम गरेको दाबी गर्नुभयो ।

विकास निर्माण, राष्ट्रियता, भौगोलिक अखण्डताको रक्षा, राष्ट्रिय हितलाई सर्वोपरी ठान्ने कुरामा सरकारले उपलब्धिमूलक ढंगले काम गरेको भन्दै उहाँले सरकारलाई विश्वास गर्न नपर्ने कारण नभएको उहाँको भनाइ छ ।

प्रधानमन्त्रीको सम्बोधन अहिले जारी छ ।

टिप्पणीहरू