दैलेखमा भीरबाट लडेर, मोरङमा खाल्डोको पानीमा डुबेर मृत्यु

दैलेखमा भीरबाट लडेर, मोरङमा खाल्डोको पानीमा डुबेर मृत्यु

दैलेखको आठबिस नगरपालिका–९, राईढुङ्गाका २२ वर्षीय रमेश बडुवालको सोही ठाउँस्थित भीरबाट लडेर मंगलबार दिउँसो मृत्यु भएको छ ।

मलामी गई घरतर्फ फर्कने क्रममा भीरबाट लडेर उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ ।

उता मोरङमा खाल्डोको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

रंगेली नगरपालिका–५ आँपगाछिस्थित पानी जमेको खाल्डोमा डुबेर स्थानीय मुसर टोल बस्ने ५० वर्षीया पारू देवी ऋषिदेवको मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू