महिला न्यायाधीशमा कोरोनाको धेरै असर

महिला न्यायाधीशमा कोरोनाको धेरै असर

कोरोनाको नयाँ भेरियन्टसहितको दोस्रो लहरले सर्वत्र आक्रान्त बनाउने क्रममा न्यायालय र न्यायाधीशहरु पनि अछुतो रहेका छैनन् ।

यसबीच काठमाडौं जिल्ला अदालतका न्यायाधीश केदार पौडेल संक्रमण पुष्टि भएपछि केहि दिनदेखि होम आइसोलेसनमा बस्नुभएको छ । उहाँको अवस्था सामान्य रहेको बताइन्छ ।

संक्रमणले उच्च अदालतका न्यायाधीशहरुलाई पनि छोएको छ । उच्च अदालत बिराटनगरकी न्यायाधीश रेणुका साह र उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासकी न्यायाधीश शान्ता सेढाइलाई भने निको भइसकेको छ ।

त्यसैगरी सोही इजलासकी अन्जु उप्रेती ढकाल भने अहिले आइसोलेसनमा हुनुहुन्छ ।
यता,काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको हिजो राती निधन भएको छ ।

यसैबीच वरिष्ठ अधिवक्ता हिरा रेग्मी सिकिस्त भएपछि अहिले नेपाल प्रहरी अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँकी श्रीमतीको पनि कोरोनाले केही दिनअघि निधन भएको छ ।

टिप्पणीहरू