प्रधानमन्त्रीको शपथग्रहणसँगै मन्त्रीको चर्चा

प्रधानमन्त्रीको शपथग्रहणसँगै मन्त्रीको चर्चा

प्रधानमन्त्रीले आज दिउँसो शपथ ग्रहण गर्ने भएपछि हिजोबाट पद गएका मन्त्रीहरु क-कसले जिम्मवारी पाउने भन्ने चर्चा शुरु भएको छ । अब बन्ने नयाँ मन्त्रीमण्डलमा केही नयाँ अनुहार थपिने सम्भावना बढेको छ ।

स्रोतका अनुसार सकेसम्म आजै राति वा भोलि बिहानसम्म नयाँ क्याबिनेट बिस्तार गरिने छ । प्रधानमन्त्रीले सकेसम्म पार्टीको नेतृत्व तहका अनुहारलाई मन्त्री बनाउने इच्छा राख्नुभएको बुझिएको छ । त्यसो गर्दा पदाधिकारीको लफडा नहुने प्रधानमन्त्री निकटस्थहरुको बुझाई हो ।

हिजोको दिनमा पनि भीम रावल र सुरेन्द्र पाण्डेलाई मन्त्रीको जिम्मेवारी दिइएको भए सम्भवतः पार्टीभित्र त्यति ठूलो बवण्डर नमच्चिने निश्कर्ष अहिले बालुवाटारमा निकाल्न थालिएको छ ।

तर,माधव नेपाल समूहको उपल्लो तहमा रहेका नेताहरु तत्काल मन्त्रीमण्डलमा जाने सम्भावना भने न्यून रहेको बताइन्छ । स्रोत भन्छ ‘पार्टी संगठन निर्माणमा लाग्ने मनस्थितिमा रहेकाले ढ्याक्कै मन्त्रीको अफर मान्ने अवस्था छैन ।’

टिप्पणीहरू