बागलुङ एकैदिन ३ जना संक्रमितकाे मृत्यु
-राजेशचन्द्र राजभण्डारी
गण्डकी प्रदेशको बागलुङमा कोरोना संक्रमणबाट बिहीबार एकै दिन तीन जनाको मृत्यु भएको छ ।
धौलागिरी अस्पतालमा उपचाररत ढोरपाटन नगरपालिका–९ का ५७ वर्षीय शेरमान घर्ती, गल्कोट नगरपालिकाका–२ का ५२ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड १९ फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।
यसअघि विहान सबेरै बागलुङ नगरपालिका–४ बस्ने ७७ वर्षीया पुरुषको मृत्यु भएको थियो ।
यो सँगै जिल्लामा मृत्यु हुनेको संख्या २० पुगेको छ ।
टिप्पणीहरू