कोटेश्वरमा बादल,घाम लाग्ने कहिले हो ?

कोटेश्वरमा बादल,घाम लाग्ने कहिले हो ?

नजित्ने चुनावमा उठ्दिन भन्दै अन्तिममा हेलिकप्टर चढेर नोमिनेशन दर्तानिम्ति हेटौंडा पुग्नुभएका गृहमन्त्री रामबहादुर थापा बादल पर्सि हुने राष्ट्रियसभा उपनिर्वाचनको मत माग्न एमाले वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवास पुग्नुभएको छ ।

बादल उपनिर्वाचनमा एमालेको उम्मेदवार हुनुहुन्छ । उहाँ करिब आधा घण्टा नेपाल निवासमा बस्नुभएको बताइन्छ ।

नेपाली काँग्रेस र माओवादी केन्द्रले साझा उम्मेदवारको रुपमा डा.खिमलाल देवकोटालाई उठाएका छन् । देवकोटालाई उम्मेदवारी दर्ता गर्ने दिनसम्म नेता नेपालको समेत खुल्ला समर्थन थियो । यसबीचको राजनीतिक उतारचढावपछि थापा प्राविधिक रुपमा नेपालको पनि उम्मेदवार बन्नुभएको हो ।

उता बालुवाटारमा जसपाका उपेन्द्र यादव तथा महन्थ ठाकुर र राजेन्द्र महतो खेमाबीच आजै वार्ता भएको छ ।

दुई पटकको वार्तापछि प्रधानमन्त्री केपी ओलीको सरकारमा जसपा सहभागी नहुने विज्ञप्ति नै सार्वजनिक भएको छ भने सहमति बाहिर आएलगत्तै एक पक्षीय हिसाबले सँसदीय दलको नेता भनेर राजेन्द्र महतोको नाम सँसद सचिवालयमा लगी दर्ता गरिएको छ ।

उता कृषि मन्त्री पद्यमा अर्यालले स्याङ्जामा आपत् पर्यो भन्दै १२ वटा अक्सिजन सिलिण्डरको जोहो गर्न चारतिर हारगुहार गर्दा पनि निरीह बन्नु परेको अवस्था छ ।

उता,भक्तपुरमा एमालेका एक बयोबृध्द नेता गणेश खत्री र धादिङ्गका अर्का नेता एवं शिक्षक सङ्गठन अध्यक्ष बैकुण्ठ अर्यालको पनि कोरोनाबाट निधन भएको छ । राप्रपा नेता खत्री २०७० सालमा एमाले प्रवेश गरेका थिए ।

यता,चिनियाँ राजदूत हौ यान्छी पनि छिट्टै स्वदेश फर्किने हुनुभएको छ । चीन सरकारले हौलाई अर्को छिमेकी देश दक्षिण कोरियामा राजदूत बनाएर पठाउन सक्ने प्रवल सम्भावना रहेको बताइएको छ ।

टिप्पणीहरू