अरब सागरको ताउ–ते २ ले देखाउन थाल्यो करामत

अरब सागरको ताउ–ते २ ले देखाउन थाल्यो करामत

मुलुकको पश्चिम भेगदेखि काठमाडौँसम्म मंगलबार साँझदेखि हल्का पानी पर्न थालेको छ । अरब सागरमा विकसित ताउ–ते २ चक्रवात (सामुद्रिक आँधी) को प्रभावले नेपालको मौसममा परिवर्तन आएको हो ।

जल तथा मौसम विज्ञान विभागले दिएको सूचनाअनुसार चक्रवातका कारण नेपालका सुदूरपश्चिम, कर्णाली,गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने सम्भावना छ ।

वर्षाको कारण नदीहरूमा आकस्मिक बाढी आउने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ ।

अरब सागरमा विकसित चक्रवातले हावाहुरीसहितको असिनापानी पर्ने सम्भावना रहेको समेत मौसम विभागले जनाएको छ ।

ताउ–ते २ चक्रवात (सामुद्रिक आँधी) को प्रभाव बुधबारदेखि शुक्रबारसम्म रहने छ ।

चक्रवातको प्रभाव नेपालको पश्चिम क्षेत्रबाट क्रमश: पूर्वतर्फ बढ्दै गएर शुक्रबार साँझसम्म बाहिरिने अनुमान गरिएको छ ।

टिप्पणीहरू