खुकुरी लागेर मनुवा घाइते

आफ्नै छिमेकीलाई खुकुरी हान्ने एक युवक प्रहरी खोरमा पुगेका छन् ।

खुकुरी हानेको आरोपमा सुनसरीको इटहरी उपमहानगरपालिका-७ बस्ने ३१ वर्षीय बाबुलाल सदालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

सामान्य विवादको क्रममा बाबुलालले छिमेकी २२ वर्षीय मनुवा सदालाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते मनुवालाई उपचारको लागि धरान घोपातर्फ लगिएको छ ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी बालग्रामबाट खटिएको प्रहरी टोलीले बाबुलाललाई पक्राउ गरेको हो ।

टिप्पणीहरू