भारतीय प्रधानमन्त्रीसँग कुरा गरेपछि अक्सिजन आयो : उपप्रधानमन्त्री इश्वर पोखरेल (भिडियो सहित)

भारतीय प्रधानमन्त्रीसँग कुरा गरेपछि अक्सिजन आयो : उपप्रधानमन्त्री इश्वर पोखरेल (भिडियो सहित)

उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजक ईश्वर पोखरेलले छिमेकी मुलुक भारत र चीनबाट नेपालमा अक्सिजन प्राप्त हुन थालेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौं महानगरपालिकाको सहयोगमा राधास्वामी सत्संग व्यास,नेपाली सेना,अमेरिका –नेपाल मेडिकल फाउन्डेशनको सहकार्यमा सामाखुसीमा स्थापित थेरापीसहितको अक्सिजन केन्द्रको शुभारम्भ गर्दै पोखरेलले उक्त कुरा बताउनुभएको हो ।

उहाँले अक्सिजन र खोपका लागि जतिसुकै बजेट लागे पनि,जुन कुनै प्रक्रियाबाट भए पनि ल्याएर जनताको जीवन रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘अक्सिजन र भ्याक्सिनका लागि जीटुजी वा बीटुवी जुनसुकै तरिकाबाट भए पनि जनताको स्वास्थ्य रक्षा गर्ने पहिलो कुरा हो । त्यसमा जतिसुकै बजेट लागोस् त्यो सरकारको प्राथमिकता हो ।’

अक्सिजन छिमेकी मुलुक भारतबाट आएको बताउँदै उहाँले भन्नुभयो ‘भारतका प्रधानमन्त्रीसँग कुराकानी गरेपछि अहिले अक्सिजन प्राप्त हुन थालेको छ ।’ त्यसअवसरमा उहाँले चीनबाट समेत अक्सिजन भरिएका केही सिलिण्डर आएको जानकारी दिनुभएको थियो ।

टिप्पणीहरू