आयुर्वेद चिकित्सालय बन्यो आइसोलेसन सेन्टर

आयुर्वेद चिकित्सालय बन्यो आइसोलेसन सेन्टर

आयुर्वेद चिकित्सालय,नरदेवीमा ५० शैयाको आइसोलेसन सेन्टर स्थापना गरिएको छ ।

काठमाडौं महानगरपालिकाको सहयोगले आयुर्वेद चिकित्सालय नरदेवीमा कोभिड १९ का बिरामीलाई उपचार गर्न ५० शैयाको आइसोलेसन स्थापना गरिएको हो ।

आइसोलेसन भोलि शनिबारदेखि सञ्चालनमा आउने निर्देशक डा. प्रदीप केसीले जानकारी दिनुभयो । यस्तै आइसोलेसनमा कोभिड १९ संक्रमित बिरामीहरुका लागि आधुनिक चिकित्सासँगै आयुर्वेदिक जीवनशैली,योगा, श्वासप्रस्वासको व्यायाम र विभिन्न मनोसामाजिक परामर्शसहित उपचार गरिने छ ।

उहाँले भन्नुभयो–‘आधुनिक चिकित्सासँगै आयुर्वेदको जीवनशैली योगा,प्राणायाम, श्वासप्रस्वास व्यायाम, विभिन्न थेरापी र बिरामीलाई मनोवैज्ञानिक परामर्श,श्रव्यदृश्य प्रणालीबाट बिरामीलाई हाईफ्लो अक्सिजनसम्मको उपचारको व्यवस्था गरेका छौँ ।’

आईसोलेसनमा ५० शैयामध्ये २५ शैयामा भने एचडीयु बेड र हाईफ्लो अक्सिजनकोसमेत सुविधा रहेको निर्देशक केसीले जानकारी दिनुभएको छ ।

टिप्पणीहरू