प्रतिनिधिसभा मध्यराती फेरि विघटननिम्ति बालुवाटारमा जुटे मन्त्रीहरु
प्रधानमन्त्री केपी ओलीले अहिले मध्यरात प्रतिनिधिसभा विघटनको सिफारिस गर्न लाग्नुभएको छ ।
शीतल निवासबाट सँविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनका निम्ति दुबै पक्षको दावी खारेज गरिएको बक्तव्य आएलगत्तै बालुवाटारमा बसेको क्याबिनेट बैठकले विघटनको निर्णय गर्न लागेको हो ।
यसनिम्ति सबै मन्त्री र केही सचिवलाई आकस्मिक भेला गराइएको छ । सेनापति पूर्णचन्द्र थापा भर्खरै बालुवाटारबाट निस्कनुभएको छ ।
रास्ट्रपतिले नयाँ दिन शुरु हुनुअगावै पौने १२ बजे राती निकाल्नुभएको बिज्ञप्तीको यो निचोडले प्रतिनिधिसभा विघटन र मध्यावधि चुनावको निम्ति हालका प्रधानमन्त्री केपी ओलीलाई मार्गप्रशस्त गराइदिएको हो:-“दाबीकर्ता दुवै माननीय सदस्यहरूले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधारा (५) बमोजिमका दाबीकर्ता दुवै माननीय सदस्यहरूको दाबी नपुग्ने देखिएकोले प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिल्ने देखिएन ।”
टिप्पणीहरू