कोरोना संक्रमतिको शवमा स्याल, कुकुर र गिद्धको आक्रमण,जनता आतंकित
उदयपुरमा कोभिड –१९ को कारण जीवन गुमाएकाहरुको शव व्यवस्थापन उचित ढंगले नहुँदा स्थानीयवासीहरु त्रसित बनेका छन् ।
कोरोनाले मृत्यु भएको शव त्रियुगा घाटमा अर्ध जलेको अवस्थामा छोडिएपछि स्थानीय भयभित हुन पुगेका हुन् । ती अर्ध जलेका शवमा स्याल,कुकुर र गिध्दलगायतका पशुपंक्षी झुम्मिने गरेका छन् । र,भुस्याहा कुुकुरहरुले जलेको शवका टुक्राटाक्री मुखमा लिएर गाउँवस्तीतिर डुल्ने गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
यसले कोरोना संक्रमणको सम्भावना बढेर गएको छ । यसरी अर्ध जलेको अवस्थामा रहेका शवहरुको दाहसंस्कार निजका आफन्तहरुले गरेको बुझिएको छ ।
नेपाली सेना वा आफन्तहरुले कोरोना संक्रमणबाट मृत्यु भएकोलाई दाहसंस्कार गर्न सक्ने व्यवस्था भएपछि आफन्तहरुले जलाउँदै आएका छन् ।
त्रियुगा नदीको दुवै किनारमा शव व्यवस्थापन गर्ने चलन पाइन्छ । यसले गर्दा घाट वरपर रहेको त्रियुगा नगरपालिका १२ र ३ वडाका वस्तीहरु बढी प्रभावित हुन सक्ने खतरा बढेको स्थानीय पशुपति चौधरीले बताएका छन् ।
गाउँलेहरुका अनुसार बिहिबार र शुक्रबार गरी दुई वटा शव अर्ध जलेको अवस्थामा छोडेर मलामीहरु फर्किएका थिए । छोडिएको शवहरुको टाउकोको हड्डी,खुट्टा र शरीरका भागहरु पुरै जल्न बाँकी रहेको देखिन्छ ।
टिप्पणीहरू