कोरानाले फोक्सो गालेको बेलामा ‘मुटु गालेकाे’ सार्वजनिक

कोरानाले फोक्सो गालेको बेलामा ‘मुटु गालेकाे’ सार्वजनिक

कोरोना महामारीबीच योग्सना डिजिटलले मुटु गालेको बोलको गीत सार्वजनिक गरेको छ । श्रीकृष्ण अर्याल र अस्मिता क्षेत्रीको स्वर रहेको उक्त गीतमा शब्द प्रदिप प्रखर पोख्रेलको हो ।

गणेश अधिकारीको संगीत, विनोद बजुरेलीको एरेञ्ज र खडक बजुरेलीको अडियो सम्पादन रहेको गीत मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको उत्पादक कम्पनी योग्सनाले बताएको छ ।

स्मृति तिमिल्सिना ‘गुरुआमा’ को निर्देशन रहेको गीतको भिडियो सम्पादन तथा कलर भने शिव पौडेलले गरेका हुन् । गीतमा गणेश अधिकारी र सारिका केसी को अभिनय छ ।

कोरोना महामारीका बावजुद पनि गीत संगीत क्षेत्र चलायमान नै देखिन्छ । निषेधाज्ञा जारी हुनुअघि रेकर्डिङ तथा छयांकन गरिएका गीतहरु बजारमा सार्वनिक भइरहेका हुन् ।

निषेधाज्ञाबीचमा समेत सीमित कलाकारद्वारा घरबाटै भएपनि मनोरञ्जन गराउने प्रतिबद्धता गरेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले जनाएको छ ।

टिप्पणीहरू