एमालेले झलनाथ र माधवलाई आज कारबाही गर्ने,बादलको टोली च्यासलमा
नेकपा एमालेले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष भीम रावलसहित केहीलाई आज कारबाही गर्ने भएको छ ।
मध्यान्ह १२ बजे बोलाइएको स्थायी समिति बैठकले उहाँहरुलाई सम्भवतः एमालेको साधारण सदस्यसमेत नरहने गरी निकाल्ने स्रोतले बताएको छ ।
उता ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा नेकपा एमाले ओली समूहको बागमती प्रदेश कमिटीको बैठक भइरहेको छ । निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादलको उपस्थितिमा बागमती प्रदेशस्तरीय छलफल गर्न लागिएको बताइन्छ ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको समेत सहभागिता रहेको बैठकमा प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेललगायत झण्डै एक दर्जन नेताको उपस्थिति रहेको छ ।
टिप्पणीहरू