चीनमा नेपालको अर्को महावाणिज्यदूतावास खुल्यो

चीनमा नेपालको अर्को महावाणिज्यदूतावास खुल्यो

उत्तरी छिमेकी मित्रराष्ट्र चीनको दक्षिण पश्चिम भेगको सबैभन्दा ठूलो शहर छन्तुमा आज नेपालको महावाणिज्यदूतावास खोलिएको छ ।

चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले आज बिहान एक समारोहकाबीच महावाणिज्यदूतावासको उद्घाटन गर्नुभएको हो ।स्थानीय हाइटेक जोनको तियानफु फर्स्ट स्ट्रिटको तियानफु इन्टरनेशनल कम्युनिटीको भवन नम्बर २० मा रहेको महावाणिज्यदूतावास चीनमा खोलिएको सबैभन्दा पछिल्लो कूटनैतिक नियोग हो ।

यसअघि चीनको हङकङ,ल्हासा र ग्वाङ्चौमा महावाणिज्यदूतावास र बेइजिङमा राजदूतावास रहँदै आएको छ ।

नेपालको विश्वका विभिन्न देशमा रहेका सात वटा महावाणिज्यदूतावासमध्ये चार वटा चीनमा खोलिएको छ । भारतको कोलकाता,अमेरिकाको न्यूयोर्क र साउदी अरेबियाको जेद्दामा नेपालका महावाणिज्यदूतावास खोलिएको छ ।

टिप्पणीहरू