फेरि एउटा अर्को शुक्रवारको पर्खाइ

फेरि एउटा अर्को शुक्रवारको पर्खाइ

जेठ ७ गते शुक्रवार मध्यरात गरिएको प्रतिनिधिसभा विघटन र मध्यावधि चुनावलाई असँवैधानिक ठहर्‍याउने मागसहित हिजो दायर गरिएका सबै रिटलाई आज धमाधम कम्प्युटरमा इन्ट्री गर्न लागिएको छ ।

भोलि बुधवार बुध्दजयन्तीका कारण अदालत बन्द रहने छ,बिहिवार संवैधानिक इजलाश नबस्ने हुँदा १४६ सांसदले पेश गरेको रिटको पहिलो पेशी सम्भवत: शुक्रवार मात्र तोकिने सर्वाेच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिएका छन् ।

नेपालको इतिहासमा दरवार हत्याकाण्डलगायत प्राय: ठुल्ठूला र कोर्स नै परिवर्तनकारी घटनाहरु शुक्रवार नै हुने गरेका छन् ।

सर्वाेच्चमा यससम्बन्धी २८ वटा रिट परेका छन् । ४ वटा प्रधानमन्त्री ओलीको बचाउमा छन् भने बाँकी २४ वटामा राष्ट्रपति र प्रधानमन्त्रीको कदम गलत भएकोले सच्याउन माग गरिएको छ ।

संबैधानिक इजलास के-कसरी,कुन स्वभावका न्यायाधीशलाई राखेर गठन गरिन्छ त्यसले नै फैसलाको छनक आउने संवैधानिक कानूनका जानकारहरु बताउँछन् ।

नेपालको इतिहासमा दरवार हत्याकाण्डलगायत प्राय: ठुल्ठूला र कोर्स नै परिवर्तनकारी घटनाहरु शुक्रवार नै हुने गरेका छन् ।

टिप्पणीहरू