सवारी दुर्घटनामा २ जनाको मृत्यु

सवारी दुर्घटनामा २ जनाको मृत्यु

कैलाली र मुस्ताङमा भएका सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । धनगढी उपमहानगरपालिका–१८ एफ गाउँमा सु.प.प्र.०१–००८ प ४०६४ नम्बरको मोटरसाइकलबाट लडेर ५० वर्षीया राम जानकी चौधरीको मृत्यु भएको हो ।

मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएकी उनको माया मेट्रो अस्पताल, धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै, मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३, घ्याकरमा ग.१त ४८३९ नम्बरको ट्याक्टर आज दिउँसो दुर्घटना हुँदा ट्याक्टरका सहचालकको मृत्यु भएको छ ।

मृत्यु हुने सहचालक धादिङका २३ वर्षीय मैते तामाङ हुन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेट्रोसिटी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका ट्याक्टर चालकको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

टिप्पणीहरू