भारतले भन्यो,‘यो नेपालको आन्तरिक मामिला हो’

भारतले भन्यो,‘यो नेपालको आन्तरिक मामिला हो’

भारतले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको विकासबारे जानकारी रहेको जनाउँदै ती सबै नेपालको आन्तरिक मामिला भएको जनाएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले आज जारी गरेको विज्ञप्तिमा उक्त समस्या प्रजातान्त्रिक संस्था र प्रजातान्त्रिक तवरले स्वयम् नेपाली जनताले नै समाधान गर्न सक्ने भन्दै कूटनैतिक भाषा प्रयोग गरिएको छ ।

नेपालको छिमेकी तथा मित्रराष्ट्रको नाताले भारत नेपाल र नेपाली जनताको सुख,शान्ति, समृध्दि र स्थायित्वको निम्ति सँधै सहयोग गर्न तयार रहेको पनि प्रवक्ताले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

केही वर्ष अघिसम्म भारतले नेपालका हरेक राजनीतिक घटनाक्रमलगत्तै प्रतिक्रिया जनाउँदा विवादित बनेपछि अहिले केही समयपछि मात्र औपचारिक प्रतिक्रिया जनाउन थालेको हो ।

घटनाक्रमसँग उसको संलग्नता हुने भए पनि आफूलाई अलग रहेको देखाउन भारतले गत वर्षदेखि नयाँ रणनीति अपनाएको बताइन्छ ।

टिप्पणीहरू