सुदूर पश्चिममा सरकार र पार्टीको नयाँ समीकरण

सुदूर पश्चिममा सरकार र पार्टीको नयाँ समीकरण

एमालेको सुदूर पश्चिम प्रदेश सभामा रहेको संसदीय दलको आज बसेको बैठकले सरकार नछाड्ने निर्णय गरेको छ । एमाले स्थायी समितिको हालैको बैठकले प्रदेश कमिटीलाई पार्टीको तर्फबाट सरकारमा प्रतिनिधित्व नगर्न गरेको आग्रहका वावजूद पनि प्रदेश सरकार नछाड्ने निर्णय भएको हो ।

सुदूर पश्चिम प्रदेशसभामा एमालेको सभामुखसहित २५ जना सभासद् छन् । माओवादी केन्द्रको १४ मध्ये एकजना कारबाहीमा परेकाले अहिले १३ कायम छ । त्यसैगरी नेपाली काँग्रेसको १२ र जसपाका २ जना सभासद् रहेका छन् ।

आजको एमाले संसदीय दल बैठकमा २१ जनाको उपस्थिति थियो । सबैले अहिलेको अवस्थामा सरकार छाड्न नहुने बताएपछि एक मतले निर्णय गरिएको हो। २५ जनामध्ये प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली निकट ७ जना रहेको बताइन्छ ।

स्थायी समितिले सरकारबाट हट्न निर्देशन दिएको आफूहरूले सुनेपनि हालसम्म कुनै आधिकारिक पत्र प्राप्त नभएको अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका आन्तरिक मामिला मन्त्री प्रकाशबहादुर शाहले बताउनुभएको छ ।

सुदूरमा पहिले मुख्यमन्त्रीसहित सात जनाको मन्त्रीमण्डल थियो । अहिले दुई वटा मन्त्रालय रिक्त भएपछि शाहलाई अर्थको समेत जिम्मेवारी परेको हो । एमालेको प्रमुख सचेतकमा कञ्चनपुरकी तारा लामा हुनुहुन्छ ।

टिप्पणीहरू