शुरु भयो सभामुखकोमा सल्लाह
सभामुख अग्निप्रसाद सापकोटाले बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा संविधानविद्,कानुन एवं न्यायिक क्षेत्रका विज्ञहरुसँग परामर्श थाल्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक सिफारिसमा भएको प्रतिनिधिसभा विघटनविरुद्ध थालिएको परामर्शमा राष्ट्रिय सभाका माननीय सदस्य तथा अधिवक्ताहरु रामनारायण बिडारी र राधेश्याम अधिकारी तथा पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठ उपस्थित हुनुहुन्छ ।
त्यसैगरी नेपाल बारका पूर्वअध्यक्ष प्रेमबहादुर खड्का,संविधानविद् भीमार्जुन आचार्य,चन्द्रकान्त ज्ञवाली र बार उपाध्यक्ष रक्षा बस्यालसहित झण्डै डेढ दर्जनको संख्यामा कानुनविद्हरुको उपस्थिति रहेको छ
टिप्पणीहरू