संवैधानिक इजलासमा वकिललाई १५ मीनेट

संवैधानिक इजलासमा वकिललाई १५ मीनेट

प्रतिनिधिसभा विघटनविरुद्धको मुध्दामा संवैधानिक इजलासमा बहस शुरु भएको छ । अहिले रिट निवेदकका तर्फबाट बहस भैरहेको छ ।

बहसको शुरुआतमै प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले रिट निवेदकका वकिलहरुलाई १५ मीनेटभित्र आफ्नो बहस सक्न निर्देशन दिनुभएको छ ।

अहिले अधिवक्ता सन्तोष भण्डारीले बहस गरिरहनु भएको छ । राणा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीश दीपककुमार कार्की,आनन्दमोहन भट्टराई,तेजबहादुर केसी र बमकुमार श्रेष्ठ हुनुहुन्छ ।

टिप्पणीहरू