विघटनको बहस मोडिएर श्रीमानमाथि

विघटनको बहस मोडिएर श्रीमानमाथि

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामाथि बहस शुरु गर्ने क्रममा आज दोस्रो दिन संवैधानिक इजलाशमा राखिएका न्यायाधीशमाथि प्रश्न उठेपछि बहस मोडिएको छ ।

त्यससम्बन्धमा भाग लिँदै वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश राणाले माग्नुभएको आफ्नो विकल्पमा ‘श्रीमान बिदामा बस्न सक्नुहुन्छ’ भन्नुभएको छ । थापाले भारतको उदाहरण दिएर प्रधानन्यायाधीश बिदामा बसेर इजलास अघि बढेको जानकारी गराउनुभएको थियो ।

उहाँले भन्नुभयो ‘भारतका प्रधानन्यायाधीश दीपक मिश्रामाथि प्रश्न उठेपछि आफूबाहेक अरु न्यायाधीशको इजलास गठन गरेर फैसला भएको थियो । फैसला चाहिन्छ भने म दिन्छु । प्रधानन्यायाधीशलाई त्यो अधिकार छ ।’

यसअघि बहस गर्नुभएका अर्का वरिष्ठ अधिवक्ता गोविन्द बन्दीले पनि भारतकै उदाहरण दिनुभएको थियो । उहाँले बाबरी मस्जिदसम्बन्धी मुद्दाको उदाहरण दिँदै भन्नुभयो ‘मालाफाइड इन्टेन्सन देखिए प्रश्न उठेका न्यायाधीश इजलाशबाट हट्नुपर्छ ।’

आज बरिष्ठ अधिवक्ताहरुपछि एमाले नेता भीम रावल,काँग्रेस नेता रमेश लेखक र माओवादी नेता देव गुरुङ आफैँले बहस गर्दै हुनुहुन्छ । बहसका लागि केहीबेर अघि देव गुरुङ सर्वोच्च अदालत पुगि सक्नुभएको छ ।

टिप्पणीहरू