निषेधाज्ञामा अलपत्र परेकालाई खाना र पानी
निषेधाज्ञाको कारण अलपत्र परेकामध्ये आज बिहान केहीलाई काठमाडौंमा खाना खुवाइएको छ ।
अस्पताल अगाडि रहेका असहाय, सडकपेटीमा बसेका भोका नाङ्गा र निषेधाज्ञाको कारण अलपत्र परेका सर्वसाधारणलाई खाना र पानी वितरण गरिएको हो ।
आज बिहान वीर अस्पताल अगाडिको खुल्ला मन्चको गेटमा करिब ९० जनालाई पञ्चकन्या युवा क्लब बालुवाटारका अध्यक्ष सुमन लिम्बुको नेतृत्वमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
टिप्पणीहरू