सिमानामा फौज थप, डीआईजीको म्याद पनि बढाइँदै
सशस्त्र प्रहरी बलले प्रस्ताव गरेको नेपालको अन्तर्राष्ट्रिय सीमामा राखिने १ सय २० वटा बोर्डर अब्जर्भेसन पोष्टका निम्ति स्वीकृति प्राप्त भएको छ । साधारणतयाः एउटा पोष्टमा ३५ जनाको प्लाटुन खटिन्छ ।
नयाँ दरवन्दी स्वीकृतिपछि अब सशस्त्रमा ४२ सय पद बढोत्तरी हुनेछ । यसअघिको निर्णय लागू हुँदा राजश्व गुल्म र औद्योगिक गुल्म खारेज गरेर बीओपी संख्या २ सय २० पुर्याइएको थियो । अब १ सय २० बीओपी थप्दा नयाँ दरबन्दी ४२ सय थपिनुपर्ने अवस्था आएको स्रोतले बताएको छ ।
अहिले बढाउन खोजिएको बीओपीमध्ये उत्तर र पूर्व,पश्चिम तथा दक्षिणका सीमामा कतिवटा भन्ने तोकिएको छैन । समग्रमा १ सय २० ठाउँमा नयाँ पोष्ट थप्ने भनिएको हो ।
यसैबीच सशस्त्रका डीआईजी प्रवीण श्रेष्ठको पनि एक वर्ष म्याद थप्न लागिएको छ । हाल सुदूर पश्चिममा रहेका श्रेष्ठको चार वर्षको डीआईजी कार्यकाललाई एक वर्ष थपेर पाँच वर्षको बनाउन लागिएको छ ।
टिप्पणीहरू