एउटा अचम्मको रोग,जसले तस्करलाई छुँदैन
कोरोना महामारीको कारण सबै जना घरभित्र छन् । आफन्त, नातागोता,इष्टमित्र कसैसँग पनि भेटघाट गरेका छैनन् । कोभिडको त्रासका कारण सबैजना बन्दाबन्दीभित्र परेको बेला तस्करहरु भने सीमावर्ति क्षेत्रका प्रहरीको मिलोमतोमा खुलेआम अवैध कृयाकलाप गरिरहेका छन् ।
रुपन्देही जिल्लाको मैनिहिया नाकाबाट अवैध रुपमा विभिन्न सामग्री नेपाल भित्रिदासमेत सीमामा तैनाथ सशस्त्र प्रहरी निरिक्षक कमाण्डको टोली, मैनिहियास्थित असइ नेतृत्वको नेपाल प्रहरीको टोलीमाथि भने तस्करलाई सघाउन लागिपरेको गुनासो छ ।
कोभिडको कारण स्थानीयहरु कोहि पनि घरबाहिर निस्किन सकेका छैनन् तर तस्करहरुले भने प्रहरीको सेटिङ्गमा भन्सार छलेर दैनिक लाखौंको सामान नेपाल भित्राइरहेका छन् ।
मैनिहियास्थित चौकीका इन्चार्ज ऋषिकेश ढकालको मिलेमतोमा खुलेआम तस्करी भइरहेको स्रोत बताउँछ । धकधई प्रहरी चौकी इन्चार्ज एकबहादुर नेपालीले भने, “सशस्त्र बोर्डरमा बस्छ,चौकी दुई किलोमिटर उत्तरमा पर्दछ,यदि प्रहरीको मिलोमतोमा कुनै अवैध कृयाकलाप भएको भए कारवाही हुन्छ ।”
सीमापारीको भगवानपुर बजार बिहान १० बजेसम्म खुलेको छ । उक्त क्षेत्रबाट अवैध रुपमा नेपाल भित्रिएको सामान भैरहवा, बुटवलका बजारमा जाने गरेको छ ।
टिप्पणीहरू