केही खुकुलो बनाउँदै निषेधाज्ञा जेष्ठ मसान्तसम्म लम्ब्याइयो
काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई जेठ मसान्तसम्म लम्बाइएको छ ।
कोरोना महामारीको चेन ब्रेक गर्ने उद्देश्यले जारी निषेधाज्ञालाई केही खुकुलो बनाएर जेष्ठ ३१ गते सम्म लम्ब्याउने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताउनुभएको छ ।
निरौलाका अनुसार सार्वजनिक निर्माण ढुवानी, बैंक तथा वित्तीय संस्था एवम् खाद्यान्न र किराना पसललगायतमा निषेधाज्ञा केही खुकुलो बनाइएको छ । जेठ १४ गतेदेखि पूर्णरुपमा बन्द गरिएका पसल अब बिहान ९ बजेसम्म खुल्ने छन् ।
निर्माण सामाग्री ओसार पसार गर्ने सवारी साधनलाई रातको समयमा सञ्चालन गर्न दिने तयारी भइरहेको पनि निरौलाले बताउनु भएको छ ।
टिप्पणीहरू