सशस्त्र प्रहरीमा लफडै लफडा
सशस्त्र प्रहरीमा बढुवालाई लिएर केही प्रहरी अधिकारी असन्तुष्ट देखिएका छन् । चार वर्षे कार्यकाल सकेका डिआइजी प्रविण श्रेष्ठलाई एक वर्षे म्याद थप्न हेडक्वार्टरले गृहमा पत्राचार गरेको छ ।
हाल सुदूरपश्चिमको बैधनाथ बाहिनीमा कार्यरत डोटीकै श्रेष्ठको एक वर्ष म्याद थप्ने निर्णय गरेर हल्चोकले अस्तिका दिन गृहमन्त्रालयमा पत्र पठाइसकेको छ ।
कात्तिकमा एकजना एसएसपी भेषबहादुर शाह कार्यकाल सकेर घर जान लागेका छन् । डिआइजी खड्ग राई र मन्दिप श्रेष्ठको माघसम्म दरवन्दी थपेर एआइजी बन्ने चर्चा पनि छ । आगामी चैतमा ८ देखि १० जना पुराना डिएसपी एसपीमा बढुवा हुने लाइनमा छन् ।
यता,सशस्त्र प्रहरीको राशनमा अनियमितता र पोहोरको लकडाउनमा पारिका मजदुर यता छिराएको आरोप लागेर बेफ्वाँकमा तानिएका एसपी दिगविजय सुवेदीले उन्मुक्ति पाएका छन् । डिआइजी दुर्गा भट्टराई नेतृत्वको छानविन टोलीले केही कैफियत नदेखिएको भन्दै उनलाई सफाई दिएको हो ।
बारामा कार्यरत रहँदा एक जना पत्रकारले अनियमितताको आरोप लगाएर सताइएका उनी अहिले सुर्खेतमा छन् । त्यहि केशमा मुछिएका डिआइजी अभि खत्रीलाई पनि छानविन समितिले निर्दोष ठहर गरेको बताइएको छ ।
टिप्पणीहरू