काँग्रेस नेताद्वारा स्वास्थ्य सामाग्री सहयोग

काँग्रेस नेताद्वारा स्वास्थ्य सामाग्री सहयोग

रसुवा र नुवाकोटका तीन वटा सरकारी अस्पताललाई विघटित प्रतिनिधिसभा सदस्य एवम् नेपाली काँग्रेस रसुवाका नेता मोहन आचार्यले भेन्टिलेटरसहितका अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ ।

उहाँले रसुवाको लागी मिनिभेन्टिलेटर चारथान, अक्सिमिटर ३० थान, आधुनिक शैया पाँच थान, सर्जिकल मास्क तीन हजार थान रसुवाका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद ढकाललाई हस्तान्तरण गर्नुभएको हो ।

कोरोना सक्रमितको उपचार सेवालाई प्रभावकारी बनाउने उद्देश्यले आचार्यले रसुवाको जिल्ला अस्पताल, धुन्चे र जिबजिबे ग्रामीण अस्पताललाई दुई–दुई थान भेन्टिलेटरसहितको स्वास्थ्य सामाग्री उपलब्ध गराउनुभएको छ ।

त्यसैगरी त्रिशुली अस्पताल, नुवाकोटलाई पनि दुइ थान मिनि–भेन्टिलेटरसहित एकथान आइसीयुमा प्रयोग हुने सामाग्री एभिजीलगायतको स्वास्थ्य उपकरण अस्पतालका अध्यक्ष अजुर्नप्रसाद न्यौपानेलाई प्रदान गर्नुभएको छ ।

उहाँले चालु आर्थिक वर्षमा त्रिशुली अस्पतालको लागी स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको निम्ति ४६ लाख रुपैयाँको सहयोग उपलब्ध गराउनुभएको बताइएको छ ।

टिप्पणीहरू