प्रेमपत्र पठाएको निहुँमा युवकमाथि सार्वजनिकस्थलमा निर्घात कुटपिट
प्रेमपत्र पठाएको आरोपमा रौतहटमा एक युवकलाई डोरीले बाँधेर निर्घात कुटपिट गरिएको छ । रौतहटको दुर्गा भगवती गाउँपालिका–५ का विकास पासवानलाई हात र गोडामा डोरीले बाँधेर कुटपिट गरिएको हो ।
कक्षा ११ मा पढ्ने उनलाई युवतीलाई प्रेमपत्र पठाएको आरोपमा सोही गाँउपालिकाको वडा नम्बर ४ का किन्सीदेव गिरी, उनका छोराहरु सन्तोष गिरी, छोटु गिरीलगायतको समूहले बाँधेर पिटेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभएको छ ।
उहाँले आफूले प्राप्त गरेको जानकारीअनुसार पासवानलाई कुटपिट गर्ने तीन जनालाई नियन्त्रणमा लिइएको छ । बाँकी अन्यलाई पिडीतको जाहेरीको आधारमा नियन्त्रणमा लिएर कारवाहीको प्रक्रिया अघि बढाइने बताउनुभयो । प्रजिअ यादवले घटनाको विस्तृत विवरण नआएको उल्लेख गर्दै कसैले प्रेमपत्र पठाएको निहुँमा र कसैले जातीय विभेदको निहुँमा कुटपिट गरेको बताए पनि यथार्थ नआइसकेको बताउनुभएको छ ।
घटनाबारे थप जानकारी लिन जनआस्थाले गाउँपालिकाका अध्यक्ष अरुणकुमार शाहले आफूलाई उक्त घटनाबारे अनभिज्ञ रहेको बताउनुभएको छ ।
टिप्पणीहरू