डडेलधुरामा पनि संक्रमण घट्दो दरमा, दुई वटा गाविसमा बढेको बढ्यै
सुदूरपश्चिमको डडेलधुरा जिल्लामा कोरोना महामारीको दोस्रो लहर घट्दो क्रममा रहे पनि नवदुर्गा र भागेश्वर गाउँपालिकामा संक्रमणदर भने बढिरहेको छ ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका अनुसार जिल्लामा दोस्रो लहरबाट १६ जनाको ज्यान गइसकेको छ ।
संक्रमणको पहिलो लहरबाट चार जनाको ज्यान गएको बताउँदै दोस्रो लहरले भयानकरुप लिएको प्रजिअ घिमिरेले बताउनुभएको छ । उहाँका अनुसार दोस्रो लहरको संक्रमण हालसम्म १ हजार ४ सय ४४ जनामा पुष्टि भएको छ ।
हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय ६५ रहेको पनि घिमिरेले बताउनुभयो । प्रायः बिरामीहरु होम आइसोलेसनमा बसेको उहाँले जनआस्थासँगको कुराकानीमा बताउनुभयो ।
टिप्पणीहरू