महतोले आज पनि भने ‘नेपाल बहुराष्ट्रिय राज्य हो,संविधान पनि त्यस्तै हुनुपर्छ’

महतोले आज पनि भने ‘नेपाल बहुराष्ट्रिय राज्य हो,संविधान पनि त्यस्तै हुनुपर्छ’

हिजो साँझदेखि उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री बनेका जसपा नेता राजेन्द्र महतोले नेपाल बहुराष्ट्रिय राज्य भएकाले त्यसैअनुसारको नियम,कानुन, संविधान र व्यवस्था हुनुपर्ने बताएका छन् ।

आज जसपाको पार्टी कार्यालय बबरमहलमा नवनियुक्त मन्त्रीहरुलाई स्वागत कार्यक्रमपछि महतोले नेपाल बहुराष्ट्रिय राज्य भएकाले त्यसैअनुसारको नियम, कानुन, संविधान र व्यवस्थामा हिमाल, पहाड, तराई र मधेशका जनताको सहभागिता हुनुपर्ने बताएका हुन् ।

मुलुकलाई बहुलतामा लैजानुपर्ने उल्लेख गर्दै उपप्रधानमन्त्रीले बहुल राज्य नभएसम्म जनताले अधिकार र पहिचानको निम्ति आन्दोलन गरिरहने बताएका छन् ।

संविधान अपूर्ण भएकोले आफ्नो पार्टी जसपाले अधिकार र पहिचानको निम्ति मिसन चलाउने समेत महतोले उद्घोष गरेका छन् ।

उपप्रधानमन्त्रीको भनाई थियो ‘देशका सबै कुरा ठीक छैन । शासनमा भएको कमिकमजोरीलाई संशोधन र सुधार गर्दै लैजानुपर्छ ।’

टिप्पणीहरू