सीके राउत मध्यावधि चुनावमा होमिन तयार

सीके राउत मध्यावधि चुनावमा होमिन तयार

सीके राउतको जनमत पार्टीले केपी ओली सरकारले आगामी कात्तिक २६ र मंसिर ३ गतेको निम्ति घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएको छ ।

आज बसेको केन्द्रीय कार्यकारिणी समितिका निर्णयहरु सार्वजनिक गर्दै उसले भनेको छ ‘सरकारले निर्वाचनको मिति तोकिसकेको सन्दर्भमा कार्य समितिले छ महिनाको लागि सबै जिल्ला पदाधिकारीहरुको म्याद थप्ने निर्णय गरेको छ ।’कोरोनाको कारण भौतिक उपस्थितिमा कमिटीहरुको बैठक डाक्न नसकिएको सन्दर्भ उल्लेख गर्दै जनमत पार्टीका अध्यक्ष सीके राउतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘सुरक्षित तरिकाले निर्वाचन लक्षित घरदैलो,प्रचार प्रसारजस्ता कार्यक्रमहरु सुचारु गर्न अनुरोध छ ।’

टिप्पणीहरू