सरकारी वकिललाई प्रधानन्यायाधीशको जवाफ : पहिला संविधान पल्टाएर पढ्नुस्

सरकारी वकिललाई प्रधानन्यायाधीशको जवाफ : पहिला संविधान पल्टाएर पढ्नुस्

संवैधानिक इजलासमा बहस गरिरहेका सरकारपक्षीय कानुन व्यवसायीहरुलाई प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले संविधान पढेर आउन सुझाउनुभएको छ । वरिष्ठ न्यायाधीशहरु राखेर इजलास गठन गर्दा सरकारी पक्षले पेलान गरेर प्रश्न उठाएपछि प्रधानन्यायाधीशले जवाफमा उनीहरुलाई संविधान पल्टाएर अध्ययन गर्न आग्रह गर्नुभएको हो ।

महान्यायाधिवक्ता रमेश बडाल, पूर्व महान्यायाधिवक्ता अग्नि खरेलसहित सरकारपक्षीय कानुन व्यवसायीहरु सुशील पन्त, परशुराम कोइरालालगायतले नयाँ इजलास गठनबारे प्रश्न उठाएपछि राणाले संविधानको धारा १३७ ले दिएको अधिकार प्रयोग गरेर नै संवैधानिक इजलास गठन गरेको बताउनुभयो ।

उहाँले संवैधानिक इजलास ऐन,कानूनअनुसार नै बनाएको पनि जवाफ दिनुभएको छ । १२ बजेदेखि शुरु भएको आजको बहस मूल विषयमा प्रवेश नगरी इजलाश गठन प्रक्रियामै रुमल्लिएको छ ।

टिप्पणीहरू