ताप्लेजुङमा निशेधाज्ञा लम्बियो

ताप्लेजुङमा निशेधाज्ञा लम्बियो

-कमल भट्टराई

ताप्लेजुङमा पुन निशेधाज्ञा लम्बिएको छ । २०७८ जेष्ठ २४ गते राती १२ बजे सम्मको लागी लगाइएको निशेधाज्ञा पुन जेष्ठ २४ गते राती १२ः०० बजे देखि जेष्ठ ३१ गते राती १२ः०० बजे सम्मका लागी थप गरिएको छ ।

नेपाल सरकारले आषाढ १ गतेबाट शैक्षिक क्षेत्रको नयाँ शैक्षिक सत्र सूरु गर्ने भनिरहदा निशेधाज्ञाले भने अर्को निर्णय नभए सम्म पूर्ववत निर्णयलाई निरन्तरता दिने भनिएको छ । यसले नयाँ शैक्षिक सत्र सुरुवातको लागी गरिने तयारीमा समस्या रहने देखिएको छ ।

ताप्लेजुङमा निशेधाज्ञामा औषधी पसल, फलपूmल पसल, खाद्यन्न, दुध तथा अन्य अतिआवश्यकीय सामाग्रीका पसलहरु सुरक्षा मापदण्ड अपनाएर विहान ६ः०० बजे देखि ९ः०० बजे सम्म खोल्ने भनिए पनि आम जनसमुदायमा भने कोरोनाको त्रास यथावत रहेको देखिएको छ ।

ताप्लेजुङमा जिल्ला प्रसाशन कार्यालयको आज २०७८ जेष्ठ २३ गते विहान ११ः०० बजे सम्मको तथ्याङ्क अनुसार पिसिआर परिक्षण १९५६ जना एन्टिजिन परिक्षण १७७४ जना गरी जम्मा ३७३० जनाको कोरोना परिक्षण गरिएका मध्ये पिसिआर परिक्षणबाट ४९७ जना र एन्टिजिन परिक्षणबाट ३२१ जना गरी जम्मा ८१८ जना कोरोना पोजेटिभ देखिएका छन् भने ४१७ जना संक्रमण मुक्त भएका छन् । यस तथ्याङ्क अनुसार अहिले ४०१ जना सक्रिय संक्रमितहरु रहेको देखिएको छ ।

ताप्लेजुङमा कोरोना विरुद्धको पहिलो चरणको खोप १४१९१ जनाले लगाएका छन् भने दोस्रो चरणको खोप लगाउनेहरुको संख्या २०४१ जना रहेको छ । ताप्लेजुङमा कोरोनाका कारण ११ जनाले ज्यान गुमाएका छन् तर तथ्याङ्कमा यो संख्या ९ देखाइएको छ २ जना भने बाहिरी जिल्लामा उपचार गराएका र बाहिरै सत्गत गरिएका छन् । ताप्लेजुङमा कोरोना गाउँ गाउँ सम्म फैलिएको परिक्षणबाट पुष्टी भइरहेको छ ।

टिप्पणीहरू