छापाखानाका प्रधान सम्पादक नक्कली प्रेस पाससहित पक्राउ
काठमाण्डौँको कमलपोखरीबाट श्रीहरि प्रिन्टर्स छापाखानाका सञ्चालक नक्कली प्रेस पाससहित पक्राउ परेका छन् ।
बा ११ च १९२२ नम्बरको कारमा प्रेस पास टाँसेर निषेधाज्ञामा विद्युतीय सामाग्री बिक्री गर्दै गरेको अवस्थामा आज छापाखानाका सञ्चालक अर्नब चौधरी प्रहरीको नियन्त्रणमा पुगेका हुन् ।
निषेधाज्ञामा सबै व्यवसाय बन्द रहेको समय उनले प्रधानसम्पादकको प्रेस कार्ड बनाएर सामान बिक्री गर्ने गरेको रहस्य खुलेको छ ।
चौधरीले प्रेस पासको दुरुपयोग गरेको देखिएकाले नियन्त्रणमा लिइएको बताइएको छ । अत्यावश्यक कार्यबाहेक अन्य काममा बाहिर ननिस्कन प्रशासनले अनुरोध गर्दै आएको छ ।
सञ्चारकर्मीको हकमा सूचना विभागको प्रेस पास वा जिल्ला प्रशासनको अनुमति पत्रमा मात्र हिँडडुल गर्न प्रशासनले आग्रह गरेको बेलामा चौधरी नक्कली प्रेस कार्डसहित समातिएका हुन् ।
पत्रपत्रिका र किताव छाप्ने ठाउँलाई प्रेस भन्ने गरिएतापनि प्रेस भन्नाले पत्रकारितामा सँलग्न ब्यक्ति भन्ने बुझिन्छ । छापाखानाका साहुजीलाई पत्रकार भनाउन र कार्ड भिर्न छुट हुन्न ।
त्यसमाथि छापाखानामा त मेशिनम्यान,पेपर कटरको दरवन्दी हुन्छ,छापाखानाले प्रधान सम्पादक राख्ने सँसारमै चलन छैन ।
टिप्पणीहरू