प्रधानन्यायाधीशलाई “बिसन्चो”,संवैधानिक इजलास राखिएन

प्रधानन्यायाधीशलाई “बिसन्चो”,संवैधानिक इजलास राखिएन

सर्वोच्च अदालतमा आज संवैधानिक इजलास राखिएको छैन । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका मुद्दा सुुनुवाईको निम्ति हिजो पुनः गठित इजलास आजलाई तोकिएको छैन ।

यसअघिको इजलासमा रहनुभएका दुई जना न्यायाधीशमाथि मुद्दाका पक्षधर कानुन व्यवसायीहरुले प्रश्नचिन्ह उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले हिजो वरिष्ठताको आधारमा न्यायाधीशहरु राखेर इजलास पुनः तोक्नुभएको थियो ।

तर,मुद्दाका विपक्षी प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाल सरकारका महान्यायाधिवक्ता रमेश बडाललगायतले अधिकांश न्यायाधीशमाथि नै संवैधानिक इजलासमा रहन नमिल्ने तर्क गरिदिए । इजलासमा छलफल मूल विषयमाथि केन्द्रित नहुँदै सहभागी न्यायाधीशमाथि आरोप प्रत्यारोप चलेपछि प्रधानन्यायाधीश राणासहितको उक्त इजलासले सो सम्बन्धमा कुनै आदेश दिएको छैन ।

हिजो छलफल गर्दागर्दै टुंगिएको इजलास आज नतोकिनुलाई कानुनी र राजनीतिक क्षेत्रमा अर्थपूर्ण ठानिएको छ । संबैधानिक इजलासले आगामी बिहीबारको लागि तोकिएको नागरिकतासम्बन्धी अध्यादेशविरुद्धको मुद्दासमेत हेर्नुपर्ने हुन्छ । आज प्रधान न्यायाधीश बिरामी परेको भनेर अरु न्यायाधीशलाई खबर गरिएको छ ।

टिप्पणीहरू